loader

Breaking News

गृहमन्त्री अमित शाह 20 दिसम्बर रानीडाङ्गा आउने

Image
 

आगामी 20 दिसम्बर सिलगढ़ी नजिकै रानीडाङ्गामा सशस्त्र सीमा बल-को रेजिङ डे पालन गर्न केन्द्रिय गृहमन्त्री अमित शाहको आगमन हुने निश्चित भएको छ। एसएसबी नर्थ बेंगलको फ्रण्टियर हेड क्वार्टर रहेको रानीडाङ्गामा एसएसबीले आफ्नो रेजिङ डे भव्यताका साथ पालन गर्ने निधो गरेको छ। जसमा केन्द्रिय गृहमन्त्री अमित शाह मुख्यरूपले उपस्थित रहने भएका छन्। जसको लागि एसएसबीले जोड़तोड़सित तयारी गरिरहेको एसएसबी सूत्रबाट जानकारी पाइएको छ। भारत-नेपाल र भारत-भूटान सीमामा तैनाथ रहने एसएसबीको स्थापना भारत-चीन युद्ध भएपछि 15 मार्च 1963-मा गरिएको हो। जसलाई पछिबाट एसएसबी एक्टअनुसार, यसको स्थापना वा रेजिङ डे 20 दिसम्बरमा पालन गर्न थालिएको हो। यसै रेजिङ डे-मा मुख्यरूपले भाग लिन केन्द्रिय गृहमन्त्री अमित शाह आगामी 20 दिसम्बरको दिन रानीडाङ्गा आउने भएका छन्।


Leave a Comment